२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा रोकिएका परीक्षाहरु सञ्चालन हुने भएको छ ।
निषेधाज्ञमा केही खुकुलो गरिएसँगै उपत्यकामा कोभिड–१९ भाइरसका कारण रोकिएको कक्षा १२ र त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका परीक्षा संचालन गर्न लागिएको हो ।
आइतबारको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले परीक्षा चलाउन दिने निर्णय गरेको हो ।
परीक्षा संचालन गर्दा एक सिफ्टमा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा सञ्चालन गर्न दिइने जनाइएको छ । परीक्षाहरुमा मास्क, स्यानिटाइजरको प्रयौग गनिवार्य गरिएकौ छ भनै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।
एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछि मात्र अर्को सिफ्टसँग सम्बन्धित व्यक्ति प्रवेश गर्न मिल्न पाइने उल्लैख छ ।
वि.सं.२०७८ असार २० आइतवार २०:१८ मा प्रकाशित






























