back
CTIZAN AD

सामाजिक सुरक्षा कोषविरुद्ध बैंक कर्मचारीले गुहारे अदालत, अन्यायमा परेको जिकिर

वि.सं.२०७८ असार २० आइतवार

678 

shares

२० असार, काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु सर्वोच्च अदालत पुुगेका छन् । सामाजिक सुरक्षा कोषले अन्याय गरेको भन्दै उनीहरु अदालत पुगेका हुन् । विभिन्न बैंकका ६५ जना कर्मचारीले कोषविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् ।

बैंकहरुलाई जसरी भएपनि सामाजिक सुरक्षा कोषमा दर्ता हुन दबाब दिईरहेको भन्दै ६५ जना कर्मचारीको वारेशका रुपमा सुरेश भण्डारीले रिट दर्ता गरेका हुन् ।

वित्तीय क्षेत्र कर्मचारी संघलगायत अन्य विभिन्न क्षेत्रका कर्मचारी ट्रेड युनियनहरुको समन्वयमा गत शुक्रबार नै कोषविरुद्व सर्वोच्चमा मुद्दा पेश गरिएको थियो । जसलाई अदालतले २४ घण्टा क्वारेन्टिमा राखी आइतबार दर्ता गराएको हो ।

कोषले संगठित क्षेत्रका संघ–संस्थामा आवद्ध सबै रोजगारदातालाई असार मसान्तभित्र आवद्ध भई योगदान शुरु गर्न भनेको छ । दिइएको अल्टिमेटममा सबैलाई आवद्ध गराउनका लागि कोषले विभिन्न प्रकारको डर र त्रास देखाएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कार्यरत संस्थामार्फत् हाल खाइपाइ आएको सुविधा नघट्ने, कोष अनिवार्य नभएर स्वेच्छिक हुनुपर्ने, दोहोरो कर, बीमा, निजामति कर्मचारी र निजी क्षेत्रको भेदभाव हट्नु पर्नेलगायतका माग राखी मुद्दा दर्ता गरिएको वित्तीय क्षेत्र कर्मचारी संघका एक अधिकारीले जानकारी दिए ।

पछिल्लो समय कोषमा आवद्धताका लागि वित्तीय क्षेत्रका कर्मचारीलाई भएका समस्याको प्रदर्शनी कालो ब्यानरमा गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनरत छन् । रिटमा सरकारी र निजी क्षेत्रका कर्मचारीबीच चरम विभेद हुने गरी कोषको कार्यविधि तोकिएको दाबी गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले दायर गरेको रिट दर्ता भइसकेको र सुनुवाइका लागि सोमबारलाई पेसी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

कर्मचारीहरुको आन्दोलनप्रति प्रधानमन्त्रीले देखाए चासो
सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रका कर्मचारीबीचको मतभेद चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । उनले आफ्ना प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमालमार्फत नेपाल बैंकर्स संघलाई बोलाएर समस्याबारे चासो राखेका हुन् ।

रिमालले कर्मचारीहरुको माग र कोषको प्रावधानबारे संघका प्रतिनिधिसँग छलफल गरेका थिए । बताइएअनुसार उनले कर्मचारीहरुको समस्या छिटोभन्दा छिटो समाधान गर्नेगरि पहल गर्नुपर्ने पनि प्रतिनिधिसँग कुरा राखेका थिए ।
सुरक्षा कोषको प्रावधानप्रति असहमती जनाउँदै कर्मचारीहरु गत मंगलबारदेखि आन्दोलनमा छन् ।

वि.सं.२०७८ असार २० आइतवार २१:४४ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...