२१ असार, काठमाडौं । महालक्ष्मी विकास बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा २५ वर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी छिन् ।
व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स एसोसिएसन र डेभलप्मेन्ट बैंकर्स एसोसिएसनमा लामो समयसम्म आवद्ध रहेकी थिइन् । त्यसैगरी उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी छिन् ।
वि.सं.२०७८ असार २१ सोमवार ०४:५९ मा प्रकाशित






























