back
CTIZAN AD

वायुसेवा सञ्चालक संघद्वारा पूर्ण हवाई उडानको माग

वि.सं.२०७८ असार २० आइतवार

657 

shares

२० असार, काठमाडौं । निजी हवाई कम्पनीहरुको स्वतन्त्र संस्था वायुसेवा सञ्चालक संघ (एओन)ले सरकारसँग साविककै पूर्ण हवाई उडानको माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले आम्दानी घटनाले खर्च धान्न मुश्किल हुने हुँदा पूर्ण उडान खुल्ला गर्नुपर्ने माग गरेको हो ।

ल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने संघले जनाएको छ । अहिले परेको अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पु¥याएकाले कतिपय उद्धार गर्नुपर्ने र यात्रुहरूले हवाई यात्रा नै रोज्ने भएकाले हालको उडान संख्याले नहुने संघको भनाइ छ ।

‘उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ’, संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’निषेधाज्ञा अगाडि झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोर दोहर गरेको रेकर्ड छ । यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै हो ।’

संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउका साथ पालना गरिरहेको संघले दाबी गरेको छ ।

 

वि.सं.२०७८ असार २० आइतवार २१:५० मा प्रकाशित

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...