back
CTIZAN AD

लक्ष्मी बैंकले दोस्रोपटक फेरि जारी गर्यो ऋणपत्र

वि.सं.२०७८ असार २१ सोमवार

801 

shares

२१ असार, काठमाडौं । लक्ष्मी बैंकले पनि ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले असार २८ गतेबाट ३१ गतेसम्म ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने छ । ब्याज प्रत्येक ६÷६ महिनामा भुक्तानी हुने छ । साँवा भने २०८८ सालमा परिपक्व भएपछि भुक्तानी गरिने छ ।

कम्पनीले कुल २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । यसमा कम्तिमा २५ कित्ता र बढीमा एक लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीले २ अर्बमध्ये ८० करोड ऋणपत्र सर्वसाधारणलाई छुट्याएको छ । यसैबाट ४० हजार कित्ता सामूहिक लगानी कोषले पनि पाउने छन् । बाँकी रहेको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र विभिन्न संघसंस्थाहरुलाई बिक्री गरिने छ ।

बैंकले दुई वर्षअघि पनि २ अर्बको ऋणपत्र जारी गरेको थियो । अबको ८ वर्षपछि यो परिपक्व हुने छ । यसको ब्याज भने १० प्रतिशत छ ।

वि.सं.२०७८ असार २१ सोमवार ०५:०९ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...