back
CTIZAN AD

कानुनका नौ सिङ्ग हुन्छन् भन्दै डा. बाबुराम भट्टराईले गरे अदालतप्रति यस्तो आशंका

वि.सं.२०७८ असार २१ सोमवार

993 

shares

२१ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कानुनको नौ सिङ्ग हुन्छन् भन्दै सर्वोच्च अदालतको कार्यप्रति आशंका व्यक्त गरेका छन् ।

संसद विघटन विरुद्धको मुद्दामा वादी–प्रतिवादी र एमिकस क्युरी समेतले बहस तथा सवाल -जवाफ गरिसकेको अवस्थामा सर्वोच्चले १ हप्ता पछाडि पेशी सारेको प्रति इंगित गर्दै डा. भट्टराईले यस्तो आशंका व्यक्त गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा छ । कानूनका नौ सिंग हुन्छन् रे ! तर सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधिसभाका बहुमत सदस्यले राष्ट्राध्यक्ष र सर्वोच्च अदालतमा पेश गरेको हस्ताक्षर भन्दा बलशाली सिंग अर्को हुनसक्दैन । श्रीमानहरूको जो विचार !’ सामाजिक संजाल ट्विटरमा डा. भट्टराईले लेखेका छन् ।

संसद विघटनका विरुद्धमा परेको मुद्दाको विषयमा वादी–प्रतिवादीका सबै बहस तथा सवाल जवाफ सकिसकेको अवस्थामा एक साता पछाडिका लागि पेशी तोक्नु, आजै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नु र संवादविहीन जस्तै बनेको एमालेको कार्यदलको बैठक आजै बस्नु तथा एमालेभित्र संघीयता र धर्म निरपेक्षताका विषयहरु बहसका रुपमा अगाडि बढाउन पहल गरिनु संयोग मात्र मान्न नसकिने राजनीतिक विश्लेषकहरुले समेत टिप्पणी गरेका छन् ।

वि.सं.२०७८ असार २१ सोमवार २०:५६ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...