back
CTIZAN AD

अनशनकारीको अवस्था नाजुक, माग सम्बोधन गर्न आग्रह

वि.सं.२०७३ फागुन ४ बुधवार

753 

shares

४ फागुन, काठमाडौँ । नयाँ शक्ति नेपालले बृहत्तर जनकपुर क्षेत्रको विकासका लागि विभिन्न माग राखी विगत १३ दिनदेखि जारी अनशनप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी अनशनमा बस्नु भएकाको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अनशनकारी रामकुमार शर्मा तथा कलामुद्दिन राइनलगायतको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसकेको भन्दै प्रवक्ता देवकोटाले माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत ध्यानकर्षण गराइएको बताउनुभएको छ ।

जनकपुर क्षेत्रको विकासका लागि भन्दै सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शर्मा र नेता राइन विगत १३ दिनदेखि जनकपुरमा अनशनरत हुनुहुन्छ । नयाँ शक्तिले वार्ता र संवाद मार्फत जायज मागको सम्बोधन गर्नसमेत आग्रह गरेको छ ।

वि.सं.२०७३ फागुन ४ बुधवार ०३:०७ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...