Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

माओवादीको एजेन्डामा देश चलेको छ नेता बस्नेत



४ फागुन, जाजरकोट, । संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा (माओवादी केन्द्र) को मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० वारेकोटले लिम्सामा आयोजना गरेको आमसभामा नेता बस्नेतले यस्तो बताउनुभएको हो । शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता बस्नेतले आफन्तलाई जागिर खुवाउनका लागि खोलिएका विद्यालयका बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रबाट विकास निर्माणका लागि पठाएको बजेट सहीरुपमा प्रयोग गरी विकासशील जाजरकोट बनाउन आमसमुदायलाई उहाँले आग्रह गर्नुभयो । विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसबाट जिल्लाको विकास निर्माणको कामलाई बाधा पुगेको भन्दै त्यस्तालाई तत्काल कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

वारेकोटमा विकास गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । आमसभामा विभिन्न राजनीतिक दलबाट एकसयभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ