back
CTIZAN AD

माओवादीको एजेन्डामा देश चलेको छ नेता बस्नेत

वि.सं.२०७३ फागुन ४ बुधवार

750 

shares

४ फागुन, जाजरकोट, । संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा (माओवादी केन्द्र) को मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० वारेकोटले लिम्सामा आयोजना गरेको आमसभामा नेता बस्नेतले यस्तो बताउनुभएको हो । शिक्षामा राज्यले गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै नेता बस्नेतले आफन्तलाई जागिर खुवाउनका लागि खोलिएका विद्यालयका बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रबाट विकास निर्माणका लागि पठाएको बजेट सहीरुपमा प्रयोग गरी विकासशील जाजरकोट बनाउन आमसमुदायलाई उहाँले आग्रह गर्नुभयो । विकास नगरी कागजमा काम सम्पन्न भएको भन्दै केही मानिसबाट जिल्लाको विकास निर्माणको कामलाई बाधा पुगेको भन्दै त्यस्तालाई तत्काल कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

वारेकोटमा विकास गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । आमसभामा विभिन्न राजनीतिक दलबाट एकसयभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

वि.सं.२०७३ फागुन ४ बुधवार ०३:२७ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...