back
CTIZAN AD

हराएकी युवती मृत फेला

वि.सं.२०७३ फागुन ४ बुधवार

876 

shares

४ फागुन,धनगढी । धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ ।

हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।

यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानको क्रममा युवतीको शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको चन्दले बताउनुभयो ।

दुवैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकीमा माघ २७ गतेदेखि बेपत्ता रहेकी थिइन् । प्रहरीले हिक्मत सिंहलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको छ ।

वि.सं.२०७३ फागुन ४ बुधवार ०३:२९ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...