back
CTIZAN AD

नेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौं अधिवेसन आन्त्वयरपेनमा हुँदै

वि.सं.२०७३ फागुन ४ बुधवार

1K 

shares

nejaprabelgiumनेपाली जनप्रगतिशील मंच, बेल्जियमको एघारौं अधिवेसन आन्त्वयरपेनमा हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” को प्रमुख आतिथ्यता र नेपालका ख्यातिप्राप्त पनि कलाकारको उपस्थितिमा आयोजना हुन लागेको उक्त अबिधेशनलाई भव्यरुपमा सफल पार्न ११३ सदस्यीय मुल समिति बनेको पनि मंचले जनाएको छ ।
मंचद्धारा मंगलबार जारी गरिएको अबिधेशन सम्बन्धी जानकारीमा भनिएको छ,
“नेपाली जनप्रगतिशील मंच, बेल्जियम प्रवासमा रहेका प्रवाशी संगठनहरुमा नेपालको राजनैतिक बिषयलाई उठान गर्ने प्रवासको पहिलो संगठन हो । यो संगठनको ईतिहास नेपालको मुक्ति आन्दोलन सगै जोडिने गौरव प्राप्त गर्नुको पछाडि यो मंचले लिएको प्रगतिशील बिचारधारा नै प्रमुख हो । संस्थाको स्थापनाकाल देखि नेपालमा भएको आन्दोलनको समर्थनमा यूरोपमा रहेका बिभिन्न निकायमा प्रत्यक्ष सहभागि भई नेपालको आन्दोलनको समर्थन प्राप्त गराउन विशेष पहल गर्दै र आन्दोलनमाथि हुने दमनको बिरोधमा बेल्जियम तथा यूरोपको सडकमा संघर्ष गरेको थुप्रै गतिविधि लगायत बेल्जियममा रहेका नेपालीहरुको बसाई तथा अन्य समस्याहरुको सामाधानकालागि बिभिन्न खाले संघर्षको मुख्य भुमिकामा रही थुप्रै उपलब्धिहरु हासिल गरेको कुरा सवैमा जगजाहेर नै छ ।

बिगत केहि वर्ष देखि नेपालको राजनैतिक आन्दोलन संबिधान निर्माण पछिको क्रियान्वयन र संबिधान निर्माणमा प्रवासीहरुको तर्फबाट दवाव सिर्जना गर्ने र प्रवासीहरुको हक अधिकारकोलागि संघर्ष गर्ने जास्ता महत्वपुर्ण बिषयमा अघि बढ्दै आउने क्रममा यो संगठन एघारौ अधिवेशनको तयारीमा जुटेको छ । एघारौ अधिवेशनलाई भव्य रुपमा सफल पार्न ११३ सदस्यीय मुल समिति वनेको छ भने प्रचार प्रसार , व्यावस्थापन लगायतका अन्य समिति र उपसमितिहरु निर्माण गरिएको कुरा आयोजक संस्थाले जनाएको छ । उतm कार्यक्रम एकिकृत नेकपा माओबादीका वरिष्ठ नेता पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ (क. प्रकाश )को प्रमुख आतिथ्यता र नेपालका ख्यातिप्राप्त पनि कलाकार अतिथि रहनु हुने वताइएको छ । बिश्व एक्कासौं शताब्दिमा बिकासका हरेक चरण पार गर्दै अगाडी बढेको अहिलेको समयमा नेपाली जनताको जिवन स्तरलाई बिकास र समृद्धिमा केन्द्रित रहन र जनताको जिवनस्तर उठाउनका लागि वर्तमान नेपालको संबिधानले नेपाली जनताको अधिकारलाई केहि हद सम्म प्राप्त उपलव्धिहरुलाई रक्षा गर्दै अरु थप हक अधिकारका लागि संघर्षमा जान जरुरी भएको बुझाई मंचको रहेको छ ।

अधिवेशनमा विविध विषयहरुमा केन्द्रित भै नेपाल र नेपालीहरु संग सरोकारका विभिन्न योजनाहरुमा वहस र छलफल चलाउने कुरा संस्थाले जनाएको छ । जनबादी आन्दोलनमा बाकी रहेको कार्यभार पुरा गर्नकालागी प्रवासमा पनि बृहत प्रगतिशील मोर्चाको अवधारणा अघि बढाउदै समाजबादी आन्दोलनको तयारीको दिशामा जाने बिचारलाई सहयोग र समर्थन गर्ने निति अवलम्बन गर्ने छ । अव हुने समाजबादी आन्दोलनको क्रममा नेपालमा भएको दश बर्षे जनयूद्ध र बिभिन्न चरणमा भएको जनआन्दोलनको भावना, मर्म र मागलाई अझ उचाईबाट पुरा गर्ने छ भन्ने अपेक्षा राख्दछ । नेपाली जनप्रगतिशिल मंच, बेल्जियमको एघारौं अधिवेशनले यूरोप भरि रहेका प्रगतिशील , देशभतm, प्रजातान्त्रिक शतिmहरुका विचमा पनि .छलफल गरि बृहत मोर्चाको अवधारणालाई अगाडि सार्दै एकताले नै नेपाली जनताको मुक्ति आन्दोलनमा तथा प्रवासमा रहेका स्थानिय समस्याहरुलाई सामाधान गर्न सकिने छ भन्ने बिश्वास लिएको छ ।
यसर्थ,यो महत्वपुर्ण मंचकोे एघारौं अधिवेसनमा बेल्जियममा रहनु भएका संपुर्ण नेपालीहरु, संघ संस्थाहरु तथा अन्य प्रभुत्ववर्गहरुलाई निम्न वेल्जियमको आन्तवयरपेन शहरमा मिति, समय र स्थानमा उपस्थित हुनको लागि निमण्त्रणाका साथ हार्दिक अनुरोध गर्दर्छौ ।”

वि.सं.२०७३ फागुन ४ बुधवार ०४:३३ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...