२२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि श्रद्धान्जलि दिन जनकपुर पुगेका अध्यक्ष प्रचण्डले सर्वोच्चले संसद पुर्नस्थापना गर्ने मात्र नभएर १४६ जना सांसदको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने विश्वास व्यक्तगरे ।
‘संसद् पुनःस्थापना मात्रै होइन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा बुझाएको पत्र र १४६ सहित सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ भन्ने विश्वास मलाई छ ।’ अध्यक्ष प्रचण्डले भने ।
वि.सं.२०७८ असार २२ मंगलवार १४:१८ मा प्रकाशित






























