२२ असार, काठमाडौँ । युरोकप २०२० को फाइनल प्रवेशका लागि आज राति इटाली र स्पेन भिड्दै छन । इटाली र स्पेनकाे युरोकप नकआउट चरणमा यो लगातार चौथो भेट हुनेछ ।
इटाली लगातार ३२ खेलमा अपराजित रहेको छ । स्पेनले पनि यस युरोकपमा अहिलेसम्म हारको सामना गरेको छैन । इटालीले क्वार्टरफाइनलमा बेल्जिमयलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेका थियो । स्पेनले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दैअन्तिम आठमा स्थान बनाएको थियो ।
२०१२ मा स्पेनले इटालीलाई फाइनलमा ४-० गोलले पराजित गदौ लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको थियो । स्पेन पछिल्ला चार युरो कपमा तेस्रो उपाधिको खोजीमा हुनेछ । इटालीले भने सन् १९६८ मा उपाधि जितेपछि उपाधि विहीन हुँदै आएको छ ।
यी दुवै टिमले यस युरोकपमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेकाले यो खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । स्पेन र इटालीबीच मंगलबार राति १२:४५ बजेबाट सुरु हुनेछ ।
वि.सं.२०७८ असार २२ मंगलवार १४:१५ मा प्रकाशित
























