२२ असार, काठमाडौँ । आज मंगलबार सेयर बजार (नेप्से) मा सामान्य अकंको गिरावट आएको छ । आज सेयर बजार ५ दशमलब २४ अकंल घटेर २८१८ दशमलब ११ विन्दुमा पुगेको छ । त्यसतै तर ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १ दशमलब ९७ अकंले घटेर ५२६ दशमलब ७५ अकंमा पुगेको छ ।
सेयर बजारमा सामान्य अकंको गिरावट आउदाँ बैंकिङ्, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा श्रेत्रका बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।
आज कुल सूचिकृतमध्य २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैंया बराबरको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएको छ । तिनको कारोबारमा ४६ हजार ३ सय १० पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी, अपर तामाकोशी, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सनराईज म्यूचल फन्ड, ग्लोबल आईएमई समुन्नत योजना १, नेशनल हाइड्रोपावर, एनएमबी ५० लगायतका कम्पनीका शेयरहरु शिर्ष स्थानमा रहे ।
आज सेयर बजार सामान्य अकंले गरिवटद आउदाँ पनि राष्ट्रिय बीमा कम्पनीका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले आज ८.३१ प्रतिशतले कमाएका छन । त्यसैगरी माउन्टेन एनर्जी, सिभिल लघुवित्त, कर्पोरेट डेभल्पमेन्ट बैंक, समीट लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन ।
आज सबै भन्दा धरै गुमउनेमा हाइड्रोईक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड र डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु परेका छन । उनीहरुले ५.५३ प्रतिशतले गुमाएका छन । त्यसैगरी अपर तामाकोशी, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीका लगानीकर्ताहरु पनि गुमाउनेमा परेका छन ।
आज भएको कारोबारमा ५८ कम्पनी लागनीकर्ताले कमाउदाँ १०६ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १९ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७८ असार २२ मंगलवार १५:२४ मा प्रकाशित



























