back
CTIZAN AD

पर्बतमा खोलाले गाडी बगाउँदा गाडीमा सवार तीनजना बेपत्ता

वि.सं.२०७८ असार २३ बुधवार

681 

shares

२३ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् ।

गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बाढीले तीन वटा घर पनि बगाएको छ ।

खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार ०९:१३ मा प्रकाशित

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...