back
CTIZAN AD

अपडेट : बगाएको गाडी भेटियो, बेपत्ताको अवस्था भने अझै अज्ञात

वि.सं.२०७८ असार २३ बुधवार

660 

shares

२३ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलामा आएको पहिरोले बगाएको गाडी भेटिएको छ ।

गएरातीको अविरल बर्षातसंगै आएको बाढिका कारण बगाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी भेटिएको हो । तर गाडी देखिएपनि  निकाल्न भने सकिएको छैन । गाडी निकाल्न नसक्दा उक्त गाडीमा सवार ३ जनाको अवस्था भने अझै अज्ञात नै रहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । बेपत्ता रहेको गाडीको केही भाग खोलाको पानीमा देखिएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार थालेका छन्।

पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको छ । यसैगरि पहिरोले सडक बगाउँदा दोबिल्ला फलेबास सडक पनि अबरुद्ध बनेको छ ।

बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

उनका अनुसार खोला किनारमा रहेका ३ घर बाढीले बगाएको छ । घरभित्रका मानिसहरु घर छोडेर भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ असार २३ बुधवार ०९:३६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...