back
CTIZAN AD

अर्थमन्त्री पौडेल भन्छन्– बजेट कार्यान्वयनमा खरो रुपमा उत्रिन्छु !

वि.सं.२०७८ असार २३ बुधवार

918 

shares

२३ असार, काठमाडौं । कामचलाउ सरकरका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफुँ खरो रुपमा प्रस्तुत हुने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खरो रुपमा उत्रिने बताएका हुन् ।

बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताउँदै अर्थमन्त्री पौडेलले आवश्यक जस्तो सुकै कदम र प्रयत्न गर्न आफु पछि नहट्ने बताए । सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उनले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनका लागि अहिले देखिनै तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरे । सो अवसरमा उनले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ–आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न जरुरी रहेको बताए ।

वि.सं.२०७८ असार २३ बुधवार २२:०९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...