back
CTIZAN AD

विश्व नेपाली साहित्य महासंघ साउदी दमामको क्षेत्रीय अध्यक्षमा खड्का

वि.सं.२०७३ फागुन ४ बुधवार

765 

shares

साउदी । विश्व नेपाली साहित्य महासंघ साउदी शाखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाइ एकीकृत गर्नको निम्ति हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो दमाम शहरमा शाखाको उपशाखा गठनगरेको छ । आइतबार बसेको भेला दिपेन्द्र खड्का सहित ९ सदस्यीय समिती गठन गरेको छ । जसको सचिवमा दिलिप कुमार घिमिरे कोषाध्यक्षमा शुक्र तामाङ चयन भएका छन् भने सदस्यहरुमा राजन सुबेदी, तिलक अधिकारी, रमेश आउजी, सुबाश श्रेष्ठ एलेक्स लिम्बु, जय भट्ट चयन भएका छन् ।
विश्व नेपालि साहित्य महासङ्घ साउदी साखाका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्वमा सम्पन्न भेलामा सुर्य बिक्रम याख्याको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा शाखाले प्रकाशित गर्दै आईरहेको पुस्तक ‘यात्रा मरुभुमिको’ सस्करण–३ पुस्तक प्रकासनमा शसक्त रुपमा लागि पर्ने कुरामा बिशेष जोड दिएको थियो। र आगामी प्रकासन हुने ‘यात्रा मरुभुमिको’ अङ्क तेस्रो प्रकाशन गर्न संस्थाका मनोनीत केद्रीय प्रतिनिधि, सल्लाहकार तथा सम्पुर्ण पदाधिकारीहरुको सामुहिक छलफलबाट रचना सङ्गकल कार्य सुरु गर्ने कुरामा जोड दिएका थिए।
त्यस्तै गरि विश्व नेपाली साहित्य महासंघ साउदी साखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाइ एकीकृत गर्नको निम्ति हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो दमाम शहरमा श्री दिपेन्द्र खड्काको नेतृत्वमा विश्व नेपाली साहित्य महासङ्घ साउदी साखाले उपशाखा गठन भएको छ।

वि.सं.२०७३ फागुन ४ बुधवार ०८:२९ मा प्रकाशित