back
CTIZAN AD

राशिफल हेरेर जान्नुहोस् कस्तो रहला त तपाईको आज शुक्रबारको दिन !

वि.सं.२०७८ असार २५ शुक्रवार

594 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ऋबलअभचआकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ। सानो कामलाई अधिक खर्च हुनेछ। अर्थ अभाव टार्न कर्जा लिनुपर्ला। अवसरका लागि दौडधुप गर्नुपर्नेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ। आफन्तबाट टाढा रहनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा फाइदा हुनेछ। नियमित आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पनि पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ। अरूको उपकार गर्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो तथा महँगो साबित हुनेछ। भेटघाटले काममा अलमल्याउन सक्छ। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा स्रोतसाधन जुटाउन सकिनेछ। पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरका साथै चुनौतीसमेत देखा पर्न सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–चिन्ताले अध्ययनमा समेत बाधा हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। नयाँ काम थाल्न उचित समय पर्खनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारको निर्णयले समस्या निम्त्याउनेछ। अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। व्याहारिक अलमलले काममा बाधा पुर्याउन सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट धोका पाइनेछ। दोहोर्याएर प्रयत्न गर्दा पहिले रोकिएको काम बन्न सक्छ।

२०७८ असार २५ गते, शुक्रवार, ९ जुलाई २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज विहीवारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७८ असार २५ शुक्रवार ०८:०८ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...