back

पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

वि.सं.२०७३ फागुन ५ बिहीवार

249 

shares
RBB AD
NTC AD

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि सुरु भएको दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल क्षेत्रीय टिम विजयी भएका छन् ।

दुई विभागीय टिम पुलिस र एपिएफबीच भएको पहिलो खेलमा पुलिसले २६–२४, २५–१७ र २५–११ को सोझो सेटमा हराएको हो ।

यता पूर्वाञ्चलले मध्यमाञ्चललाई भने ३–२ को सेटमा हराएको छ । २५–१३, २७–२५, २२–२५, २०–२५ र १५–८ ले पूर्वाञ्चल विजयी भएको हो । अहिलेसम्म ६ अङ्क जोड्दै पुलिस शीर्षस्थानमा रहेको छ भने आर्मी ३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

यस्तै बिहीबार बिहान ११ बजे हुने पहिलो खेलमा पूर्वाञ्चल र आर्मी तथा दिउँसो १ बजे हुने खेलमा मध्यमाञ्चल र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन विभागीय टिमसहित पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल सहभागी छन् ।

प्रतियोगिताका विजेतालाई रु तीन लाख ३० हजार र उपविजेतालाई रु एक लाख ६५ हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । खेल पर्यटनका माध्यमबाट जिल्लालाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिता फागुन ७ गते सम्पन्न हुनेछ ।

वि.सं.२०७३ फागुन ५ बिहीवार ०२:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
क्यानद्वारा महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

क्यानद्वारा महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया...

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । विश्वकपप खेल्नका लागि अमेरिका जान लागेका नेपाली क्रिकेटर...

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैङ्कक जाँदै

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन...

पाथीभरा म्याराथनको प्रथम बिजेता बने आर्मीका श्रेष्ठ

पाथीभरा म्याराथनको प्रथम बिजेता बने आर्मीका श्रेष्ठ

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा...

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली...

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि सेनाका रोक्कालाई

लुम्बिनी । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको...