Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै आत्महत्या



५ फागुन, रत्ननगर (चितवन) । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् ।

“कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो”– प्रहरी प्रमुख थापाले भन्नुभयो ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने उहाँले जानकारी दिनुभयो । अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले