back
CTIZAN AD

पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

वि.सं.२०७३ फागुन ५ बिहीवार

1K 

shares

५ फागुन, काठमाडौँ । यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा मुलुकको अर्बौं लगानी खेर जाने भएकाले सरकारसँग यस्तो माग गरिएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले राससलाई जानकारी दिनुभयो ।

फागुन १७ गतेदेखि यातायात व्यवस्था विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले व्यवसायीका मागका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो ।

यसअघि महासङ्घले फागुन २ गते उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि ज्ञापनपत्र बुझाई यस्तै माग गरेको थियो ।

वि.सं.२०७३ फागुन ५ बिहीवार ०३:०० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...