back
CTIZAN AD

संरक्षणको पर्खाइमा दह ताल

वि.सं.२०७३ फागुन ५ बिहीवार

1.1K 

shares

dahatal

फाइल : फोटो

बेनी, म्याग्दी । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ ।

निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा यो ताल ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दह ताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको स्थानीय युवा प्रकाश सापकोटाले जानकारी दिनुभयो । त्यस क्षेत्रका बासिन्दाले यो ताललाई सानो फेवाताल भनेर चिन्छन् । ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ ।

भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको सिरानमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने स्थानीय बासिन्दाले बताउँछन् ।

वि.सं.२०७३ फागुन ५ बिहीवार ०३:२४ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...