Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

संरक्षणको पर्खाइमा दह ताल



dahatal

फाइल : फोटो

बेनी, म्याग्दी । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ ।

निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा यो ताल ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दह ताल करिब पाँचसय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको स्थानीय युवा प्रकाश सापकोटाले जानकारी दिनुभयो । त्यस क्षेत्रका बासिन्दाले यो ताललाई सानो फेवाताल भनेर चिन्छन् । ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ ।

भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको सिरानमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने स्थानीय बासिन्दाले बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम