back
CTIZAN AD

एमालेभित्र ५ बुँदे सहमति गर्न लागिएको बेला प्रचण्ड–माधव बीच भेटवार्ता

वि.सं.२०७८ असार २६ शनिवार

843 

shares

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्नु केहीबेर अघि अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न नेपालको निवासस्थान कोटेश्वर पुगेका थिए ।

उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धोकादिन सक्ने भन्दै पाँच दलीय गठबन्धनको साथ नछाड्न सुझाव दिएको स्रोतले जनाएको छ । ओली विश्वासयोग्य नेता नभएको, उनीबाट जतिबेला पनि धोका हुन सक्ने भन्दै आफूहरुको साथ नछाड्न भनेका थिए ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको हस्ताक्षर फिर्ता गराउने ओलिको चाला मात्र भएको बताउँदै सतर्क समेत गराएका थिए ।

नेता नेपालले आफूले सर्वोच्च अदालतको हस्ताक्षर फिर्ता लिने या त्यसको निर्णय प्रभावित हुने गरी कुनै कदम नचाल्ने प्रतिबद्धता दोहो¥याएका छन् । उनले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताइएको छ ।

सर्वोच्च अदालतले संसद विघटनविरुद्धको मुद्दामा फैसला गर्ने तयारी गरेको र नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको शुक्रबारको बैठकले गरेको ५ बुँदे सहमतिलाई आज सार्वजनिक गर्ने भनिएको बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माधव नेपाललाई भेटेलगत्तै अध्यक्ष प्रचण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । उनले देउवालाई माधव नेपालसँग भएको भेटका बारेमा जानकारी गराएको बुझिएको छ ।

वि.सं.२०७८ असार २६ शनिवार १८:१४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...