back
CTIZAN AD

माधव समूहका नेताहरु फर्किएसँगै सुरुभयो कार्यदलको बैठक

वि.सं.२०७८ असार २६ शनिवार

798 

shares

२६ असार, काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ।

दुई बजे बस्ने भनिएको कार्यदलको बैठक ढिलोसम्म पनि सुरु हुन नसक्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु बैठक छाडेर हिडेका थिए ।

नेता नेपालसँग छलफल गर्न भन्दै बैठकबाट बाहिरिएका उनीहरु कोटेश्वर पुगेका थिए । माधव पक्ष नेताहरु कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ ।

शुक्रबारको बैठकले आन्तरिक विवाद करिब टुंङ्ग्याउने गरी ५ बुँदे सहमति जुटेको र उक्त सहमतिलाई भाषिक पूर्णता दिइ आज सार्वजनिक गर्ने बताइएको छ ।

सांगठानिक रुपमा दुईपक्षबीच धेरै कुरामा सहमति जुटेको दाबी गरिएपनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालका बीच शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन।

वि.सं.२०७८ असार २६ शनिवार १७:४० मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...