back
CTIZAN AD

आज देशैभरी कोरोनाबाट २१६९ संक्रमित, २२ जनाको मृत्यु

वि.सं.२०७८ असार २६ शनिवार

930 

shares

२६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २१६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५३० पिसीआर र ३८८७ ऐन्टिजेन गरी १०४१७ नमुना परीक्षणमा २१६९ जना संक्रमित थपिएका हुन् ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख ४१ हजार ३४ वटा नमुना परीक्षणमा ६ लाख ९७ हजार २५७ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १४३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज निको भएका १४३२ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ण्४.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,३६२ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ४८९ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २३ हजार ५३९ र संस्थागत आइसोलेशनमा २,९५० जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५४३ र भेन्टिलेटरमा १५५ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२३९ संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ असार २६ शनिवार १८:४२ मा प्रकाशित

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...