back
CTIZAN AD

स्वास्थ्यअवस्था बाहेक अन्य विषयमा कुरा नभएको नेता नेपालको स्पष्टोक्ति

वि.सं.२०७८ असार २६ शनिवार

702 

shares

२६ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग स्वास्थ्य अवस्थाबाहेक अन्य कुनै पनि विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।

नेपालका स्वकीय सचिव मोहन गौतमले प्रचण्डले स्वास्थ्य अवस्थाको जानकारी लिने बाहेकको कुराकानी नभएको स्पष्ट पारेका हुन् ।

गौतमका अनुसार विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेका नेता नेपाललाई भेट्न शनिबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगेका थिए । उनले नेता नेपालको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका थिए ।

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक बस्नुअघि भएको भनिएको उक्त भेटवार्तामा राजनीतिक विषयमा समेत छलफल भएको भन्ने खबरहरु आएका छन् । अध्यक्ष प्रचण्ड नेता नेपाललाई कोटेश्वरमा भेटेलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

एमालेभित्र ५ बुँदे सहमति गर्न लागिएको बेला प्रचण्ड–माधव बीच भेटवार्ता

वि.सं.२०७८ असार २६ शनिवार १८:४८ मा प्रकाशित

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...