back
CTIZAN AD

नेकपा एमाले एकता कार्यदलको बैठक निष्कर्षविहिन

वि.सं.२०७८ असार २६ शनिवार

705 

shares

२६ असार, काठमाडौँ । नेकपा एमाले एकता कार्यदलको शनिबारको बैठक निष्कर्षविहिन भएको छ ।

यसअघि शुक्रबार पनि कार्यदलका सदस्यहरूले शनिबार एकताको घोषणा हुने बताउँदै आएपनि आजको कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

शनिबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै रघु पन्तले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतबार सम्भवत सुखद् समाचार आउने बताएका छन् ।

उनले प्याकेजमै समस्या समाधान खोजेकाले आज ढिला भएकोे जानकारी दिँदै आइतबारको बैठकले सुखद् खबर आउने बताएका छन् ।

यसअघि आजको कार्यदलको बैठक बस्न ढिला भएको थियो । दुई बजे बस्ने भनिएको बैठक सुरु हुन ढिला भएपछि महत्वपूर्ण विषयमा छलफल गर्न भन्दै वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरु कोटेश्वर पुगेका थिए । उनीहरु बैठकमा फर्किएसँगै बैठक सुरु भएको थियो ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

वि.सं.२०७८ असार २६ शनिवार १९:०६ मा प्रकाशित

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...