back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२३९ संक्रमित, २० जनाको मृत्यु

वि.सं.२०७८ असार २५ शुक्रवार

756 

shares

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २२३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६५७ पिसीआर र ४६५६ ऐन्टिजेन गरी ११,३१३ नमुना परीक्षणमा २२३९ जना संक्रमित थपिएका हुन् । बिहीवारको तुलनामा शुक्रबार संक्रमितको हुनेको संख्या बढी रहेको छ ।

नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख ३० हजार ६१७ वटा नमुना परीक्षणमा ६ लाख ९५ हजार ८८ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १३१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३१६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,३४० पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ५९० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २३ हजार ९२० र संस्थागत आइसोलेशनमा २,६७० जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ५३९ र भेन्टिलेटरमा १६६ जनाको उपचार भइरहेको छ ।

आज देशैभरी थपिए १८७५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

वि.सं.२०७८ असार २५ शुक्रवार १६:४३ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...