२५ असार, काठमाडौँ । वेस्टइंडिजमा जारी अष्ट्रेलिया र वेस्टइंडिज बिचको टि-२० श्रृखलामा अष्ट्रेलियाले लगातार दोस्रो पटक हारको सामना गरेको छ । आज विहान सम्पन्न भएको दोस्रो टि-२० मा अष्ट्रेलिया ५६ रनले पारजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइंडिजले २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । वेस्टइंडिजका लागि शिमरोन हेटमायर ३६ बलमा ६१ रनको विस्फोटक पारी खेलेका थिए ।अष्ट्रेलियाका लागि बलिङ्गमा हेजलवुड, मार्स र एघारले समान १/१ विकेट लिएका थिए ।
१९७ रनको विशाल लक्ष्य पछाएको अष्ट्रेलियाले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । अष्ट्रेलियाको टिम १९.२ ओभरमा १४० रन बनाएर अलआउट हुन पुगेका थियो । अष्ट्रेलियाका लागि मिचल मार्स ५४, जस फिलिस्प १३ र मोइसेस हेनरिक्स १९ रन बनाएर अउट भएको थिए । अष्ट्रेलियाका यी ३ खेलाडी बाहेक अरु कुनै खेलाडीले दोहोरो अकंमा रन जोड्न सकेनन् । वेस्टइंडिजका लागि बलिङ्ग तर्फ हेडेन वाल्शले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै वेस्टइंडिजले ५ खेलको टि २० श्रृखलामा २-० ले अग्रता लिएको छ ।
वि.सं.२०७८ असार २७ आइतवार ११:०६ मा प्रकाशित


























