असार २७, काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रिमा नियुक्त भएको झण्डै एक महिना पछि हरिशरण आचार्य र दीपक मनाङ्गेले जिम्मेवारी पाएका छन् । लामो बारगेनिङ्ग पछि आचार्यले उर्जा, जलस्रोत तथा खानेपानी र मनाङ्गेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि मन्त्रालयको भागवण्डाको विषयमा कुरा नमिल्दा जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङ्गेले सरकारबाट बाहिरिनेसम्म चेतावनी दिएका थिए । उनीहरुले सरकार गठनअघिको सहमतीअनुसार आफुँहरुले मन्त्रालय पाउनु पर्ने माग राख्दै आएका थिए ।
जसपाका आचार्यले अर्थ र मनाङ्गेले भौतिक मन्त्रालयको जिम्मेवारी माग गर्दै आएका थिए । तत्कालिन समय विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जसपालाई अर्थसहित २ मन्त्रालय दिने लिखित सहमति नै गरेका थिए ।
तर, लिखित सहमतिप्रति कांग्रेस र सत्ता गठबन्धनको माओवादी केन्द्रभित्र विवाद चर्किएपछि पोखरेल पछाडि हटेका थिए । जुन सहमतीबाट पछाडि हटेसँगै सत्ता गठबन्धनभित्र किचलो मच्चिएको थियो ।
सम्बन्धित समाचार
गण्डकीमा सत्ता साझेदारबीच चर्कियो किचलो, आचार्य र मनाङेले लिएनन् जिम्मेवारी
वि.सं.२०७८ असार २७ आइतवार १३:२६ मा प्रकाशित






























