back
CTIZAN AD

गण्डकीमा सत्ता साझेदारबीच चर्कियो किचलो, आचार्य र मनाङेले लिएनन् जिम्मेवारी

वि.सं.२०७८ असार १३ आइतवार

834 

shares

असार १३, काठमाडौैं । गण्डकी प्रदेशमा सत्ता साझेदारबीच थप किचलो बढ्न थालेको छ । सरकार गठन भएको दुई साता बढि हुँदा पनि साझेदार दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नजुटेसँगै किचलो बढ्न थालेको हो ।

सत्ता साझेदार दल जसपा र स्वतन्त्र सांसद दीपक मनाङेले मन्त्रालय बाँडफाँडमा सहमती नभएसँगै सरकारबाट बाहिरिनेसमेत चेतावनी दिन थालेका छन् । उनीहरुले यसअघिको सहमतीअनुसार नै मन्त्रालय पाउनुपर्ने अडान लिएका छन् ।

तत्कालिन समय साझेदार दलबीच मन्त्रालय बाँडफाँडमा लिखित सम्झौता नै भएको थियो । तर, सरकार गठनसँगै भने सत्ता साझेदार मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्र सहमतीअनुसार अगाडि बढ्न तयार नभएसँगै किचलो बढेको हो ।

सहमती नजुटेसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आइतबार कांग्रेसबाट मन्त्री बनेका कुमार खड्का र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई मात्रै जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री पोखरेलले खड्कालाई शिक्षा र गुरुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

जसपाको अर्थ र मनाङेको भौतिकमा अडान

सत्ता साझेदार जसपाले अर्थसहित २ मन्त्रालय खोजेको छ भने स्वतन्त्र सांसद दीपक मनाङेले भौतिक मन्त्रालयमा दाबी गरेका छन् । जुन दाबी स्वभाविक पनि छ, किनकी दुवै दलसँग मुख्य सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रले सरकार गठनका बेला लिखित सम्झौता नै गरेका थिए ।

तर, मुख्य दलहरुले सहमतीअनुसार दाबी गरिएको मन्त्रालय दिन अस्वीकार गरेसँगै समस्या बढेको हो । अहिले सत्ता साझेदारले सहमतीअनुसार दिन नसक्ने भन्दै कम महत्वका मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

जसपालाई उर्जासहितका मन्त्रालय लिन प्रस्ताव गरिएको छ भने मनाङेलाई यसअघिकै खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार

गण्डकीको राजनीति : सरकार बनेको एक सातामै गठबन्धनभित्र मच्चियो भाँडभैलो

वि.सं.२०७८ असार १३ आइतवार १७:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...