
१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका १९२० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार पिसीआर र ३८३६ ऐन्टिजेन गरी ९८३६ नमुना परीक्षणमा १९२० जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ३२, ललितपुरमा १०० र काठमाडौंमा २९२ गरी उपत्यकामा ४२४ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या घटेको छ ।
नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३३ हजार ६७९ जना र ऐन्टिजेन विधिबाट ३२ हजार ९८ गरी कूल ६ लाख ६५ हजार ७७७ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ९९ हजार २८८ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३००७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३००७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९२.२ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४० हजार ३३६ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३७ हजार ४८९ र संस्थागत आइसोलेशनमा २८४७ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७०६ र भेन्टिलेटरमा २०० जनाको उपचार भइरहेको छ । शनिवारको तुलनामा आइतबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या घटेको छ ।
२७ जिल्लामा ५०० भन्दा बढी संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका ७७ जिल्ला मध्ये २७ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् । ती मध्ये पनि ललितपुर, काठमाडौं, भक्तपुर, मोरङ, रुपन्देही, सुनसरी, नवलपरासीपूर्व, नुवाकोट, काभ्रेपलान्चोक रहेका छन् ।
वि.सं.२०७८ असार १३ आइतवार १७:२९ मा प्रकाशित