back
CTIZAN AD

२४ घण्टामा थपिए १९२० कोरोना संक्रमित, ३४ जनाको मृत्यु

वि.सं.२०७८ असार १३ आइतवार

696 

shares

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका १९२० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार पिसीआर र ३८३६ ऐन्टिजेन गरी ९८३६ नमुना परीक्षणमा १९२० जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३२, ललितपुरमा १०० र काठमाडौंमा २९२ गरी उपत्यकामा ४२४ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या घटेको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३३ हजार ६७९ जना र ऐन्टिजेन विधिबाट ३२ हजार ९८ गरी कूल ६ लाख ६५ हजार ७७७ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ९९ हजार २८८ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३००७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३००७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९२.२ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४० हजार ३३६ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३७ हजार ४८९ र संस्थागत आइसोलेशनमा २८४७ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७०६ र भेन्टिलेटरमा २०० जनाको उपचार भइरहेको छ । शनिवारको तुलनामा आइतबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या घटेको छ ।

२७ जिल्लामा ५०० भन्दा बढी संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका ७७ जिल्ला मध्ये २७ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् । ती मध्ये पनि ललितपुर, काठमाडौं, भक्तपुर, मोरङ, रुपन्देही, सुनसरी, नवलपरासीपूर्व, नुवाकोट, काभ्रेपलान्चोक रहेका छन् ।

आज देशैभरी थपिए २०१६ कोरोना संक्रमित, ३० जनाको मृत्यु

 

वि.सं.२०७८ असार १३ आइतवार १७:२९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...