back

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

वि.सं.२०७८ असार १३ आइतवार

357 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, मान्म । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।

सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षात्का कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।”

लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरुद्ध रहेको छ । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जादाँ अवरुद्ध भएको हो । कर्णाली करिडोरअन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ ।

पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ”, उनले भने, “पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाडै सञ्चालन गर्ने तयारी गरेका छौं ।”

कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेका भए पनि अहिले पहिराका कारणले अवरुद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिए ।

“करिडोरका विभिन्न ठाउँमा पहिरो जादाँ यातायातका साधन चल्न सकेका छैनन्”, उनले भने, “अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने देखिन्छ ।” करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्यावश्यक बस्तुको ढुवानी रोकिएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १७:०२ मा प्रकाशित

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक...

बाख्रा चराउने क्रममा लडेर मृत्यु

बाख्रा चराउने क्रममा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक...

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा...

झगडा हुँदा कालीकोटमा एक किशोरको हत्या, एक घाइते

झगडा हुँदा कालीकोटमा एक किशोरको हत्या, एक घाइते

मान्म (कालीकोट) । यहाँको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या...

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा...

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो रहेछ कारण…

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो रहेछ कारण…

काँक्रेविहार (सुर्खेत) । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा...