२७ असार बोस्टन, अमेरिका । भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसको रुपमा मनाउदै गैरआवासिय नेपाली सङ्घ (एनआरएन) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितीले यस बर्ष ‘नेपाली भाषा साहित्यको बिश्वब्यापीकरणको अबस्था र चुनौती’ बिषयक बिचार गोष्ठीको आयोजना गर्दैछ ।
आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्ती मनाउदै उक्त गोष्ठीमा नेपाली भाषा साहित्यको संसारका विभिन्न मुलुकहरूमा भइ रहेको बिस्तार र आएका चुनौतीका बारेमा वरिष्ठ समालोचक एबम साहित्यकार डाक्टर गोबिन्दराज भट्टराईले मुख्य वक्ताको रुपमा आफ्ना बिचारहरु राख्ने छन् ।

त्यसैगरी क्यानडाका साहित्यकार डा. गोबिन्दसिंह रावत, म्यान्मारका साहित्यकार लक्षमण न्यौपाने र बेलायतका नियात्राकार कृष्ण बजगाईले यस माथी आफ्ना धारणाहरु राख्ने छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त विचार गोष्ठीमा नेपाल भित्र र प्रवासबाट साहित्यकारहरु सहभागी हुनेछन् ।
जुम प्रबिधीबाट संचालन हुने उक्त कार्यक्रम आज (आइतबार) बेलुकी नेपाल समय ८ बजे प्रसारित हुने आयोजकद्धारा जानकारी दिइएको छ ।
वि.सं.२०७८ असार २७ आइतवार १३:२३ मा प्रकाशित






























