back
CTIZAN AD

वामदेव गौतमको प्रष्टीकरण – म ओली समूहतिर गएको छैन

वि.सं.२०७८ असार २७ आइतवार

780 

shares

असार २७, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफुँ प्रधानमन्त्री केपी शर्मा ओली समूहमा नगएको प्रष्टीकरण दिएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

गौतमले आफुँ ओली समूहको बैठकमा नभई बैठकमा गएको बताए । ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले ०७५ साल जेठ २ को अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाउनु, म त्यो बैठकमा भाग लिन गएँ, धेरै मानिसहरुले वामदेव केपी तिर गयो भनेर भने’, गौतमले भने, ‘मैंले यो सभा मार्फत जानकारी गराउन चाहन्छु म कुनै तर्फ गएको होइन्, म नेकपा एमाले भएको हुनाले एमाले भएको प्रमाण पेश गर्न गएको हो ।’

उनले आफ्नो बारेमा माधव समूहले पारित गरेको प्रस्ताव गलत भएको पनि बताए । उनले आफुँ कुनै पक्षमा नभई एमाले एकताको पक्षमा रहेको बताए ।

‘कतिपयले आफ्नो समूहमा दुःखको प्रस्ताव पनि पारित गर्नुभएछ । मेरो बारेमा जेजस्तो भएपनि प्रस्ताव पारित हुनु राम्रै हो’, उनले भने, ‘तर, म कुनै समूहमा छैन्, म एमाले एकताको पक्षमा छु तर, मैंले पार्टीमा गईसके पछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ यद्यपि मैंले त्यो भूमिका प्राप्त गर्न सकेको छैन् ।’

उनले एमाले एकता सर्वोच्च अदालतको फैसलापश्चात भएमा उपयुक्त हुने पनि बताएका छन् । उनका अनुसार सर्वोच्चको जे–जस्तो फैसला आएपनि एमाले मिल्नुपर्छ ।

वि.सं.२०७८ असार २७ आइतवार १३:५७ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...