back
CTIZAN AD

मुगुमा सिमि जोन कार्यक्रम, १५ सय कृषक लाभान्वित

वि.सं.२०७८ असार २७ आइतवार

918 

shares

२७ असार, मुगु । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सिमि जोन कार्यक्रममा यस जिल्लाका १ हजार ५ सय कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

उन्नत जातको सिमि उत्पादन गरि कृषकलाई आयश्रोतमा बृद्धि गराउने उदेश्यले आर्थिक बर्ष २०७६÷०७७ देखि यस जिल्लामा लागु भएको सिमि जोन कार्यक्रममा कृषकलाई टेवा पुगेको छ ।

१३ वडाका १५ सय कृषक लाभान्वित
प्रथम चरणमा छायाँनाथ रारा नगरपालिका–९ मुर्मा गाउँमा सुरुवात भएको सिमि जोन कार्यक्रम नगरपालिकाको ७ वटा वडा र मुगुम कार्मारोङ गाउँपालिकाको ६ वटा वडा गरि कुल १३ वटा वडाका कुल १ हजार ५ सय कृषकले कार्यक्रमबाट लाभ लिन सफल भएका छन् । सहकारी, समुह ५०, समुह १ सय ३० र कृषि फर्म ७० वटा मार्फत सिमि जोनले समुदायमा कार्यक्रम लागु गरेपछि स्थानीय उत्साहित भएका छन् ।

कृषकलाई सिमिखेतीलाई सिंचित गर्न सहजको लागि नगर र मुगुम कार्मारोङ गाउँपालिकामा २४ वटा साना सिचाई योजना निर्माण गरि दिएको छ । उक्त सिचाईबाट ५ सय ६१ जना कृषकलाई राहत पुगेको छ । मुगुम कार्मारोङ गाउँपालिकाको छाइल गाउँमा सेमि हाइट ग्रिनहाउस निर्माण गरेपछि डेढसय कृषकलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरि बजारमा बिक्री गर्न सहज भएको छ ।

चक्लाबन्दी तरिकाबाट खेती
नगरपालिकाको मुर्मा, टोप्ला, झयारी गाउँमा उन्नत प्रजातिको सिमि उत्पादन गर्ने उदेश्यले पाखो गरा सम्याएर बृहत चक्लाबन्दी सिमि खेती गरिएको छ । सो खेतीबाट ३ सय भन्दा बढी कृषक लाभान्वित भएका छन ।

चक्लाबन्दी सिमि खेतीले उन्नत जातको सिमि उत्पादन तथा बिक्री गरि आयश्रोतमा बृद्धि हुदै गएको र कृषकलाई सिमि खेती गर्न सजिलो भएको मुर्मा गाउँका मणीचन्द रोकाया बताउँछन् ।
May be an image of 4 people, people standing and outdoors
नगरपालिकाको–१० र कार्मारोङको ९ र ७ वडाका बस्तीमा सिमि उत्पादनको लागि जग्गाको क्षेत्रफल बिस्तार गरिएको छ । उक्त बस्तीका २ सय कृषक परिवार अन्य बाली छोडेर सिमि लगाउन थालेका छन ।
नगरपालिकाको रयाङच्याकाँटी गाउँमा बीउ श्रोत केन्द्र र बीउ भण्डार केन्द्र स्थापना भएपछि स्थानीयलाई सिमिको बीउ प्राप्त गर्न र बीउ बिजन भण्डारण गर्न सहज भएको छ ।

जिल्लामा रैथाने सिमि उत्पादनलाई जोड दिन ‘सिमि जोन कार्यक्रम’ ले रयाङच्याकाटी गाउँमा सिमि रयापिङ तथा लेवररिङ कार्यक्रम लागु भएपछि कृषक खुशी देखिएका छन् ।

माटो सुहाउँदो कार्यक्रम
सिमि जोन कार्यक्रमले कृषक प्रत्यक्ष रुपमा लाभान्वित भएको हिमशिखर कृषि सहकारीका धनलाल कुमाइको भनाई छ । सिमि जोन कार्यक्रमले कृषकको माग र माटो सुहाउँदो कार्यक्रम लागु गरेको उनको भनाई छ ।

नयाँ प्रबिधि मार्फत कृषकको खेतीबारी पाखो गराबारी खनजोतको निम्ति कृषकलाई अनुदान स्वरुप ८ वटा हाते यान्त्रीकरण मेसिन उपलब्ध गराएको छ प्रति मेसिन ३५ हजार मुल्य पर्ने यान्त्रीकरण मेसिन अनुदानमा पाएपछि कृषक उत्साहित बनेका छन् ।

१४ हजार रोपनीमा खेती, बार्षिक ८ मेट्रिकटन उत्पादन
सिमि उत्पादन बजारीकरण प्रशोधन र भण्डारलाई बिशेष जोड दिइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई कार्यालयका निमित्त बरिष्ठ कृषि बिकास अधिकृत थीरलाल गैह्रैले बताए । मुगुमा बार्षिक रुपमा ८ मेट्रिकटन सिमि उत्पादन हुने उनको भनाई छ । करिव १४ हजार रोपनी जग्गामा सिमि उत्पादन हुने गरेको गैह्रैले जानकारी दिए ।

मुगुमा उत्पादन भएको सिमिलाई काठमाडौं पोखरा बिराटनगर नेपालगञ्जसम्म पु¥याउने लक्ष्यका साथ कृषकलाई सिमि खेतीतर्फ उत्साह र उन्मुख गरिएको अधिकृतको भनाई छ ।

जिल्लामा उत्पादन भइरहेका २० प्रकारको रैथाने सिमिलाई जात बर्गिकरणको निम्ति बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनमा पठाइएको गैह्रैको भनाई छ ।

कर्णालीमा उत्पादन हुने सिमि बर्गिकरण हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यन्वयन परियोजना मुगुले पहल गरेको छ ।

अघिल्लो बर्षमा करिव २ करोड बजेट खर्च भएको र यो चालु आर्थिक बर्षमा २ करोड १ लाख ९५ हजार रहेको सिमि जोन कार्यक्रमले जनाएको छ ।

 

वि.सं.२०७८ असार २७ आइतवार १४:०९ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...