back
CTIZAN AD

एमाले वार्ता : कहाँ अड्किएको छ विवाद ?

वि.सं.२०७८ असार २७ आइतवार

651 

shares

असार २७, काठमाडौं । नेकपा (एमाले)मा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक झण्डै ६ घण्टादेखि सिंहदरबारमा जारी छ । आइतबार बिहान ९ बजेदेखि बैठक बसिरहेको छ ।

कार्यदलका सदस्यहरुले आज नै सहमतिको घोषणा हुने पनि बताएका छन् । आइतबार बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले आज नै सुखद समाचार आउने प्रतिक्रिया दिएका थिए ।

तर, एमाले उच्च स्रोतले बताएअनुसार चर्चा भएअनुसार सहमति बनिसकेको छैन् । एमाले कार्यदलले सहमतिका लागि मस्यौदा तयार गरेको भएपनि मस्यौदामा भएका विषयमा दुवै पक्ष सहमत छैनन् ।

कहाँ अड्कीएको छ विवाद ?

दुई पक्षबीच सहमतीको खोजी स्वरुप कार्यदलले मध्यमार्गी बाटोसहितको मस्यौदा तयार गरेको छ । एमाले उच्च स्रोतका अनुसार मस्यौदा तयार पारेको भए पनि दुवै पक्ष मस्यौदामा उल्लेखित विषयप्रति सहमत हुने अवस्थामा छैनन् ।

बताइएअनुसार न ओली पक्ष ०७५ जेठ २ को अवस्थामा फर्कन तयार छ न त माधव पक्ष विपक्षी गठबन्धनमा नरहेको प्रष्ट पार्न तयार छ । यहाँ दुवै पक्षबीच सहमतिको खोजी गर्ने कार्यदल सदस्यबीच पनि विवाद देखिएको उच्च स्रोतले बताएको छ ।

स्रोतले उल्लेख गरेअनुसार पछिल्लो समय माधव पक्षले दोस्रो अध्यक्षसहित सरकार सञ्चालनदेखि अन्य कुरामा आफ्नो हिस्सा खोजेको छ । तर, तत्कालिन नेकपामा पनि सरकार सञ्चालन र पार्टी सञ्चालनमा एकाधिकार कायम गरेका ओलीले ती विषयमा सिधै असहमती जनाएका छन् ।

यता माधव पक्ष विपक्षी गठबन्धनसँग मिलेर अदालतमा बुझाएको हस्ताक्षरका सन्दर्भमा बढि सजग देखिएको छ । उसले सहमतीका बुँदामा पनि अदालतकको फैसलालाई प्रभावित पार्ने कुनै शब्द राख्न नपाईने बताईरहेको छ ।

नेता माधव नेपालले आइतबार बैठक सुरु हुनुभन्दा अघि नै आफुँ पक्षीय कार्यदलका सदस्यहरुलाई बोलाएर सहमतीको भाषा अदालतको फैसलालाई प्रभावित पार्ने आएमा आफुँले स्वीकार नगर्ने प्रष्ट पारेका थिए । एमाले एक भएको सन्देश दिँदा सर्वोच्चको फैसला प्रभावित हुने बुझाई माधव पक्षको देखिन्छ ।

वि.सं.२०७८ असार २७ आइतवार १५:२२ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...