२७ असार, काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।
नेकपा एमालेको कार्यदलको बैठक सिंहदबारमा बसिरहेका बेला आज बेलुका ४ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको नेता शेर बहादुर तामाङले जानकारी दिएका छन् ।
पार्टीभित्र चुलिँदै गएको विवाद समाधान गरेर पार्टीलाई एक बनाउन लागि अध्यक्ष ओली र माधव कुमार नेपाल पक्षका नेताहरु लागिरहेको र आजै निष्कर्षमा पुगिने भनिएका बेला एक्कासी स्थायी कमिटीको बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
वि.सं.२०७८ असार २७ आइतवार १५:२५ मा प्रकाशित






























