back
CTIZAN AD

नेप्सेमा उछाल, ३ फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए

वि.सं.२०७८ असार २७ आइतवार

732 

shares

२७ असार, काठमाडौँ । साताको पहिलो दिन आईतबार सेयर बजार (नेप्से) मा उछाल आएको छ । आज बजार परिसूचक ७४ दशमलव ७१ अकंले बढेर समग्र परिसूचक २८९९ दशमलव ८२ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १३ दशमलब ५१ अकंले बढेर ५४३ दशमलब १६ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२५ कम्पनीका ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैंया बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८२ हजार ४९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक, नविल बैंक, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मन्जुश्री फाइनान्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिद्वाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, एनएमबी ५०, , सानिमा इक्वीटी फण्ड, सनराईज इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फन्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज ३ फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन । गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आईसीएफसी फाइनान्सका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका हुन । आज सबै भन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभल्पमेन्ट बैंक, ओरियन्टल होटल्सका लगायतका लगानीकर्ताहरुले परेका छन । कर्पोरेट डेभल्पमेन्ट बैंकका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाएका छन भने ओरियन्टल होटल्सका लगानीकर्ताले २.७२ प्रतिशतले गुमाएका छन ।

आज भएको कारोबारमा १७८ कम्पनी लागनीकर्ताले कमाउदाँ ४ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छै ।

वि.सं.२०७८ असार २७ आइतवार १५:४२ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...