back
CTIZAN AD

माओवादी केन्द्रको दल दर्ता खारेजी गर्नुपर्ने माग अस्वीकृत

वि.सं.२०७८ असार २७ आइतवार

780 

shares

असार २७, काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । आयोगको आइतबार दिउँसो बसेको बैठकले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै परेको निवेदन र दावीलाई खारेज गरिदिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने मागमा कुनै कारण नदेखिएको बैठकले निष्कर्ष निकालेको छ ।

‘माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन परेको थियो, आयोगले त्यो निवेदनलाई खारेज गरेको छ’, श्रेष्ठले भनेका छन्, ‘आयोगले माओवादी केन्द्र वैधानिक रुपमा सञ्चालनमा रहेको ठहर गरेको छ ।’

माओवादी केन्द्र अवैधानिक रुपमा सञ्चालन रहेको दाबी गर्दै एमालेका पूर्वमाओवादी समूहका नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत असार २३ मा आयोगमा दल दर्ता खारेजीको माग गर्दै निवेदन दिएका थिए । उनीहरुले आफुँहरुमाथि माओवादी केन्द्र गरेको कारबाही पनि अवैध रहेको जिकिर गरेका थिए ।

वि.सं.२०७८ असार २७ आइतवार १५:४५ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...