back
CTIZAN AD

यी हुन् माओवादी केन्द्र वैधानिक छ भनेर आयोगले औंल्याएका ५ आधार

वि.सं.२०७८ असार २७ आइतवार

606 

shares

असार २७, काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । आयोगको आइतबार बसेको बैठकले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै परेको निवेदन र दावीलाई खारेज गरिदिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने मागमा कुनै कारण नदेखिएको बैठकले निष्कर्ष निकालेको छ ।

‘माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन परेको थियो, आयोगले त्यो निवेदनलाई खारेज गरेको छ’, श्रेष्ठले भनेका छन्, ‘आयोगले माओवादी केन्द्र वैधानिक रुपमा सञ्चालनमा रहेको ठहर गरेको छ ।’

माओवादी केन्द्र अवैधानिक रुपमा सञ्चालन रहेको दाबी गर्दै एमालेका पूर्वमाओवादी समूहका नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत असार २३ मा आयोगमा दल दर्ता खारेजीको माग गर्दै निवेदन दिएका थिए । उनीहरुले आफुँहरुमाथि माओवादी केन्द्र गरेको कारबाही पनि अवैध रहेको जिकिर गरेका थिए ।

यी हुन् आयोगले औंल्याएका ५ आधार

१. एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल गौरवशाली पार्टी र अन्य राजनीतिक दल मिलेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा निर्वाचन आयोगमा २०७३ साउन ३२ मा दर्ता भएको ।

२. सोही दर्ताको निर्णयअनुसार माओवादी केन्द्र २०७४ मा भएको निर्वाचनमा भाग लिएको ।

३. २०७५ जेठ २३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको ।

४. सर्वोच्च अदालतले २०७७ फागुन २३ मा दिएको फैसला र सोही फैसलाअनुसार निर्वाचन आयोगले फागुन २५ मा गरेको निर्णयअनुसार माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएको ।

५. सर्वोच्चको फैसला र आयोगको निर्णयअनुसार ०७७ फागुन २४ मा नेपाल राजपत्रमा नेकपा (माओवादी केन्द्र) साबिककै अवस्थामा फर्किएको सूचना ।

वि.सं.२०७८ असार २७ आइतवार १६:२४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...