२८ असार, काठमाण्डौ । आइतवार करीव मध्यरातमा सार्वजनिक गरीएको नेकपा एमालेको १० बुदे एकता आधारमा माधव समुहको प्रारंभिक असन्तुष्टि देखिएको छ ।
नेकपा एमालेको एकता कार्यदलले गरेको १० बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले अदालतलाई प्रभावित गर्ने गरी रातारात सहमति गरेको भन्दै प्रारंभिक असन्तुष्टि जनाएका छन । तर कार्यदलले गरेको सहमतिबारे विस्तृत अध्ययन गरेर मात्र औपचारीक प्रतिक्रिया सार्वजनिक गर्ने उनी निकट श्रोतले बताएको छ ।
एमाले कार्यदलले गरेको १० बुँदे सहमतिको बुँदा नम्बर तीनमा भनिएको छ, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन ।’
यो बुदामा भनिए अनुसार अदालतमा बुझाइएको हस्ताक्षर पनि बदर हुने हो कि भन्ने शंसय उत्पन्न भएको छ । माधव समुहकै नेताहरु भीम रावल र गोकर्ण बिष्टले भने पार्टी एकताका लागी यो एैतिहांसिक भएको संप्रेषण गरेका छन । कार्यदल बैठकले पास गरेको उक्त १० बुँदे सहमतिपत्र नेतृत्व तहमा पेस गरिने पनि बताइएको छ ।
सो सहमतिमा पार्टीभित्रका अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न सहमत भएको र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशिल हुने भनिएको छ ।
वि.सं.२०७८ असार २८ सोमवार ०६:०७ मा प्रकाशित






























