२८ असार, काठमाण्डौ । आइतवार मध्यरातमा प्रारंभिक प्रतिक्रिया मात्र दिएका नेकपा एमालेका वरीष्ठ नेता माधव कुमार नेपालले सोमवार बिहान औपचारीक प्रतिक्रिया सार्वजनिक गरेका छन ।
कार्यदलको १० बुदे सहमतिको ब्याख्या गर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहाकारले सहमति बिपरीत ब्याख्या गरेको भन्दै सर्वोच्चमा चलेको मुद्धामा २३ जना सांसदको धारणा पुर्ववत रहेको बताएका छन ।
उनको प्रेस नोटमा भनिएको छ ‘ हिजो राती नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।
२८ असार, २०७८
वि.सं.२०७८ असार २८ सोमवार ०६:३८ मा प्रकाशित






























