back
CTIZAN AD

बाढी पहिरोको क्षतिको तथ्याङ्क संकलन गर्न काँग्रेसले बनायो समन्वय समिति

वि.सं.२०७८ असार २८ सोमवार

681 

shares

२८ असार, काठमाडौँ । नेपाली काँग्रेसले देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पु¥याएको जनधनको क्षतिको तथ्याङ्क संकलन तथा बाढी पहिरो पीडितहरुलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले “बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति” बनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य, खेलकूद विभागका प्रमुख एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा “बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति” बनाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले उक्त समितिको देहायका पदमा देहायका व्यक्तिहरुलाई मनोनयन गरेको बताइएको छ ।
जसअनुसार
१) सहसंयोजक —  दिव्यमणि राजभण्डारी, सदस्य–प्रतिनिधि सभा
२) सचिव — किरण गिरी, केन्द्रीय सदस्य—नेपाली कांग्रेस
३)कोषाध्यक्ष —  कल्पना चौधरी, केन्द्रीय सदस्य—नेपाली कांग्रेस
४) सदस्य — भूमिबहादुर (विश्व) गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य— नेपाली कांग्रेस
५) सदस्य —  रामबहादुर विष्ट, प्रतिनिधि सभा सदस्य
६) सदस्य —  बहादुर सिंह थापा, पूर्व सांसद एवं पूर्व जिल्ला सभापति, नेपाली कांग्रेस–कञ्चनपुर
७) सदस्य —  राजीवबिक्रम शाह, संविधान सभा सदस्य, जाजरकोट
८) सदस्य —  तीर्थबहादुर लामा, संविधान सभा सदस्य—काभ्रे
९) सदस्य —  ललितजंग शाही, महासमिति सदस्य—जुम्ला एवं पूर्व सांसद
१०) सदस्य — देवराज चालिसे, महासमिति सदस्य, नेपाली कांग्रेस—कास्की
११) सदस्य —  नगिना यादव, महोत्तरी रहेका छन् ।

मुख्यसचिव पौडेलका अनुसार बाढी पहिरो विपत व्यवस्थापन समन्वय समितिका संयोजक मोहनबहादुर बस्नेतले समितिको आमन्त्रित सदस्यमा विभिन्न व्यक्तिहरुलाई मनोनयन गरेका छन् । जसमा जनार्दन नेपाल, काभ्रेपलाञ्चोक, दीर्घबहादुर के.सी (कुमार), रुपन्देही र चेतनाथ खनाल, गुल्मी रहेका छन् ।

वि.सं.२०७८ असार २८ सोमवार २१:१७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...