२९ असार, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको पहलमा कोरोना खोप लगाउन छुटेका पत्रकारका लागि ३ दिन खोप लगाइने भएको छ ।
यसअघि खोप लगाउन छुटेका पत्रकारहरुलाई आज र असार ३० र ३१ गते गरी तीन दिन खोप लगाउने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको हो ।
महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा खोप लगाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यकाबाहिरका हकमा भने जिल्ला स्वास्थ्य कार्यालयमार्फत समन्वय गरेर खोप लगाउन सबै जिल्ला शाखालाई आग्रह गरिएको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार ०९:०५ मा प्रकाशित





























