back
CTIZAN AD

आज बालुवाटार छोड्दै ओली,बालुवाटारदेखि बालकोटसम्म युथफोर्सले ‘स्कर्टिङ’ गर्ने

वि.सं.२०७८ असार ३० बुधवार

834 

shares

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारको सरकारी निवास छोडेर बालकोट जाँदैछन् ।

आज बिहान बालुवाटार छोडेर बालकोट जान लागेका निर्वतमान प्रधानमन्त्री ओलीलाई एमालेका युवानेता महेश बस्नेतको टोलीले स्कर्टिङ गरेर बालकोट पुर्याउने बताइएको छ ।

नेता बस्नेतले मंगलबारै सूचना जारी गर्दै बुधवार ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुशसहित हजारौं बाइक र गाडीले स्कर्टिङ गर्दै ओलीलाई बालकोट पुर्याइने बताउँदै यसका लागि युथफोर्सका कार्यकतालाई बालुवाटारमा उपस्थित हुन समेत आव्हान गरेका छन् ।

मंगलबार एक सूचना जारी गर्दै बस्नेतले भनेका छन्,‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।’

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानम्नत्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेता बस्नेतले सर्वोच्चको उक्त कदमलाई असंबैधानिक भन्दै परमादेश कार्यान्वयन हुन असम्भव रहेको टिप्पणी समेत गरेका थिए ।

वि.सं.२०७८ असार ३० बुधवार ०९:४१ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...