back
CTIZAN AD

‘खाडीका देशमा जाने नेपाली कामदारलाई जोनसन एण्ड जोनसन खोप नै लगाइयोस्’

वि.सं.२०७८ असार ३० बुधवार

1.2K 

shares

३० असार, काठमाडौं । नेपालबाट खाडी जाने नेपाली कामदारलाई अमेरिकन सरकारबाट प्राप्त कोभ्याक्स कम्पनीको जोनसन एण्ड जोनसन खोप नै लगाउन माग गरिएको छ ।

साउदीमा रहेका गैरआवासीय नेपाली अभियन्ता धरम केसीले अमेरिकी सरकारबाट प्राप्त कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोपलाई खाडीका सबै देशले मान्यता दिएको हुनाले रोजगारीका लागि खाडीमा जान लागेका र विदामा आएर फर्किन लागेका नेपालीलाई जोनसन एण्ड जोनसन खोप नै लगाउन सरकार समक्ष अनुरोध गरेका छन् ।

सरकारले मंगलबार एक सूचना जारी गरेर ५० देखि ५४ वर्ष उमेर समुहका कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले उक्त खोप लगाउन पाउने भनेर सूचना जारी गरेपछि साउदीमा रहेका केसीले यस्तो अनुरोध गरेका हुन् ।

यस्तो छ केसीको अनुरोध
नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूलाइ यति बेला नभइ नहुने कोभिड भ्याक्सिनको चयनमा गम्भिर गल्ती गर्दैछ । नेपालमा हिंजोदेखि अमेरिकामा निर्मित, अमेरिकाले नै उपहार (सहयोग) स्वरूप दिएको जोन्सन एण्ड जोन्सन खोपका १५ लाख भन्दा बढी डोजहरू उपलब्ध छन र चिनमा निर्मित अर्को कोभिड भ्याक्सिन भेरोसेल पनि उपलब्ध छ ।

सरकारले वैदेशिक रोजगारमा कोभिड भ्याक्सिन अनिवार्य गरेका देशमा जाने कामदारहरूका लागि पासपोर्ट र भिषा देखाएपछि भ्याक्सिन लगाइदिने निर्णय गरेको छ जुन बहु अपेक्षित र सकारात्मक निर्णय हो तर खोपको चयन भने जोन्सन एण्ड जोन्सन नै हुनुपर्नेमा चिनिया भ्याक्सिन भेरोसेल लगाइदिने स्वास्थ्य मन्त्रालयको निर्णय छ । जोन्सन एण्ड जोन्सन खाडीमा सबै देशले मान्यता दिएको कोभिड भ्याक्सिन हो । तर भेरोसेलले साउदी अरब लगायतका देशमा मान्यता पाएको छैन । जोन्सन एण्ड जोन्सन एक डोज मात्रै लगाए पुग्ने भएकाले पनि वैदेशिक रोजगारमा तत्काल जानुपर्नेका लागि बढी उपयुक्त खोप हो, यद्यपी साउदी सरकारको निर्णयमा कुनै पनि खोपको अन्तिम डोज लगाएको १४ दिन पछि मात्रै साउदी प्रबेश गर्न पाइने र उक्त खोपलाइ आउनु अघि नै साउदी सरकारले दिएको वेभ पोर्टलमा दर्ता गर्नुपर्ने निर्णय छ ।

यस सम्बन्धमा नेपाली राजदूतावास कतारले जारी गरेको सूचनामा समेत स्पस्ट खुलाइएको छ तर नेपाल सरकार आफ्नै नियोगहरूलाइ समेत नसोधेको र वैदेशिक रोजगारका बारेमा सहि सत्य सूचना दिने कोही पनि सल्लाहकार नभएको स्पस्ट संकेत गरेको छ । आप्रबासी कामदार समाज नेपाल स्वास्थ्य मन्त्रालयको निर्णय सच्याएर वैदेशिक रोजगारमा जाने सबैलाइ जोन्सन एण्ड जोन्सन या गन्तब्य मुलुकहरूले मान्यता दिएका खोप नै लगाइदिन जोडदार माग गर्दछ ता कि खोपको सुरक्षा मात्रै नभइ कामदारहरू गन्तब्य मुलुकको निकै खर्चिलो होटल क्वारेन्टाइनको छुट पाउन सकून ।

वि.सं.२०७८ असार ३० बुधवार ०९:१६ मा प्रकाशित

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...