back
CTIZAN AD

मेरो व्यक्तिगत स्वार्थ छैन मिलेर काम गरौं–उर्जामन्त्री पम्फा भुसाल

वि.सं.२०७८ असार ३० बुधवार

1K 

shares

३० असार, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सबै मिलेर देश र जनताको सपना पूरा गर्न मिलेर जानुपर्ने बताएकी छन् ।

बुधबार उर्जामन्त्रीको पदबहालीका क्रममा मन्त्रालयका सचिव, विभागिय प्रमुखहरू तथा सहसचिवहरूसहितको बैठकमा मन्त्री भुसालले आफु जनताको छोरी रहेको र जनताको जनयुद्वबाट यहाँसम्म आएको बताउँदै आफुसँग कुनै स्वार्थ नरहेको भन्दै एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र रहेको बताएकी छन् ।

‘काममा कुनै पूर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नुपर्छ । हामीले जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको छ ।

एक/दुईवटा मात्र लक्ष्य पूरा हुने गरेका छन् । यो सुधार हुनुपर्छ,’ मन्त्री भुसालले भनिन्, ‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ ।

May be an image of 2 people, people standing, people sitting and indoor

लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं । बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ ।’
मन्त्री भुसालले कृषि प्रधान देश भनिए पनि सिँचाईको समस्या ठूलो रहेको र सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा लाग्नुपर्ने बताइन् ।

‘अहिले बाढि पहिरो र भुक्षय बढेको छ, हामीले हाम्रो जिम्मेवारी पूरा गरेर विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्छ ।’ मन्त्री भुसालले भनिन् ।

 

वि.सं.२०७८ असार ३० बुधवार १३:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...