back
CTIZAN AD

डोटीमा निषेधाज्ञाको अवधि थप साउन १५ सम्म जारी

वि.सं.२०७८ असार ३० बुधवार

528 

shares

३० असार, डोटी । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको यो आठौँ पटक हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला भित्रका आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने, पसलहररू बिहान ६ देखि राति ८ बजेसम्म खोल्नका लागि अनुमतिसमेत दिइएको छ भने बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल र अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न भने नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकूद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने कोभिड सङ्कट व्यवस्थापन समितिको सूचनामा उल्लेख गरिएको छ । जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको छ ।

कोरोनाकै कारण जिल्लामा ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमा चार जनाको जिल्लाबाहिर उपचारका लागि लगिएकामा ज्यान गएको जनाइएको छ । जिल्लामा केही समययता भीडभाड बढेका कारण कोरोना जोखिम बढ्न सक्ने स्थानीयवासीको अनुमान छ ।

वि.सं.२०७८ असार ३० बुधवार १३:३० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...