back
CTIZAN AD

लक्ष्मी बैंकले रसुवा हाइड्रोमा लगानी गर्ने

वि.सं.२०७८ असार ३० बुधवार

813 

shares

३० असार, काठमाडौं । १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकामा अवस्थित उक्त आयोजना निमार्णको लागि बैंकले कर्जा सेवा दिने भएको हो ।

सोसम्बन्धी सम्झौता पत्रमा माउण्ट रसुवा हाइड्रोपावर र बैंकबीच हस्ताक्षर भएको छ ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ । आयोजना लागतको ७० प्रतिशत बैंकको र बाँकी ३० प्रतिशत कम्पनीको स्व। लगानी रहनेछ ।

२०७५ साल माघ ७ गते माउण्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो । विद्युत उत्पादनको लागि कम्पनीले २०७७ कार्तिक ३ गते उर्जा मन्त्रालयबाट अनुमति प्राप्त गरेको छ ।

माउण्ट रसुवा हाइड्रोलाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् र सोका अध्यक्ष राजेन्द्र राज आचार्य रहेका छन् ।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । र, यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउनेछ ।

वि.सं.२०७८ असार ३० बुधवार २१:१० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...